काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना भाइरसको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। ओमिक्रोन अन्य भेरियन्टको तुलनामा तीव्र गतिमा फैलिने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले पहिलो पटक दक्षिण अफ्रिकामा यो भाइरस फेला पारेको थियो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरुमा क्रमिक रुपमा फैलिँदै गइरहेको र नेपालमा समेत उक्त भेरियन्ट फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारी कार्यालय, शिक्षण संस्था, विद्यालय, उद्योग प्रतिष्ठान, निजी क्षेत्र लगायतमा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्णय गरेको छ ।
ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस उल्लेख गरेका छन् । दक्षिण अफ्रिकामा ओमिक्रोन संक्रमितहरुमा गरिएको एक अनुसन्धानमा खोप लगाएकाहरुमा भन्दा खोप नलगाएकाहरुमा संक्रमण बढी भएको देखिएको छ । तर पनि केही देशमा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जनाएको छ। यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्।
ओमिक्रोनको लक्षण कति चाँडो देखा पर्छ ?
युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार भाइरसको सम्पर्कमा आएपछि २ देखि १४ दिनभित्रमा व्यक्तिमा कोरोनाको लक्षण देखा पर्न सक्छ । यदि कसैमा लक्षण देखिएमा तुरुन्तै जाँच गराउनुपर्छ । कहिले काहीँ एकै समयमा, केही व्यक्तिहरूमा लक्षणहरू नदेखाउन सक्छन्, तर तिनीहरूमा भाइरस फैलिरहेका हुन सक्छ । त्यसैले संक्रमितसंग नजिक भएको भए आफै सावधानी अपनाउनु पर्छ ।
यस्ता लक्षण देखिए सावधान रहनुहोस्
-छाला, नङ र ओठका रंग पहेँलो, खैरो वा नीलो भए कोरोना परिक्षण गराउनु होस् । रगतमा अक्सिजनको कमी भएमा यस्तो लक्षण देखा पर्ने गर्दछ । यस्ता लक्षण देखिएमा परीक्षण गराउनु निकै जरुरी हुन्छ ।
-कोरोनाका मुख्य लक्षणहरुमा रुघाखोकी, खोकी, घाँटी दुख्ने, चिलाउने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, गन्ध र स्वाद नमिल्ने जस्ता लक्षण देखिन्छन् ।
-साथै कब्जियत, सुत्दा पसिना आउनु, आँखा सुन्निने र छालाको कुनै भागमा दाग लाग्नु पनि ओमिक्रोनका लक्षण हुन् ।












प्रतिक्रिया लेख्नुहोस्:-