बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डेल्टा र ओमिक्रोन भेरियन्टका लक्षणमा के फरक छ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
माघ ४, २०७८ १६;३८ मध्यान्ह प्रकाशित
कोरोनाको संक्रमण कायम रहेको भन्दै काठमाडौँमा यस्ता गतिविधि गर्न रोक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । पछिल्लो एक महिनायता नेपालमा कोभिड–१९ संक्रमण निरन्तर उकालो लागेको छ । पछिल्लो सातायता दैनिक थपिने संक्रमितको संख्या ६ हजारको हाराहारीमा छ ।

अस्पतालमा उपचाररत हुन् वा होम आइसोलेसनमा रहेका संक्रमितहरू, कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भएको हो वा पहिलेकै डेल्टा भेरियन्ट नै हो भन्ने जिज्ञासा धेरैमा देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार नेपालमा हालसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

सरकारले विभिन्न चारवटा प्रयोगशालामार्फत कोभिड–१९ संक्रमण पुष्टि भएका शंकास्पद नमुनाहरूमा जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकानुसार कोभिड संक्रमण पुष्टि भएका नमुनामध्ये २२ प्रतिशतमा एस जिन नेगेटिभ देखिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा अल्फापछि एस जिन नेगेटिभ भएका नमुनाहरू भेटिन छोडेका थिए । एस जिन नेगेटिभ देखिएका नमुनाहरूमा ओमिक्रोन नै हुन सक्ने आशंकामा सरकारले परीक्षण गरिरहेको डा. पौडेल बताउँछन् ।

पछिल्लो समय संक्रमण पुष्टि भएका व्यक्तिहरूका लक्षणका आधारमा विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट भएको आशंका गरी थप परीक्षणका लागि पठाउने गरेका छन् ।

सामान्यतः घाँटी दुख्ने, थकान महसुस हुने, टाउको दुख्ने, शरीर दुख्ने, हल्का सिँगान बग्ने र समय–समयमा बन्द हुनेजस्ता लक्षण देखिएमा ओमिक्रोन संक्रमण हुन सक्ने वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । कोभिड १९ विरुद्धको खोप नलगाएका व्यक्तिहरूमा यस्ता लक्षण बढी देखिने गरेको डा. पुनको भनाइ छ । यद्यपि, भेरियन्टको वास्तविक पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण नै गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

ओमिक्रोनका असर के–के ?
कोभिड–१९ विरुद्धको खोप नलगाएका मानिसमा ओमिक्रोन संक्रमण हुने सम्भावना खोप लगाएका व्यक्तिमा भन्दा १० गुणा बढी हुने पाइएको छ । त्यस्तै, खोप नलगाएका ओमिक्रोन संक्रमितहरूमा खोप लगाएकाभन्दा अस्पताल भर्ना हुने सम्भावना १७ प्रतिशत र मृत्यु हुने सम्भावना २० गुणा बढी रहने पनि विज्ञहरूले बताएका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला अहिले नेपालमा ओमिक्रोनकै कारण संक्रमण फैलिरहेको हुन सक्ने भन्दै एकजना ओमिक्रोन संक्रमितले १० जनालाई सारिरहेको बताउँछन् । ओमिक्रोन भेरियन्ट समुदायमा फैलिए डेल्टाले भन्दा उच्च संक्रमण गराउन सक्ने उनको भनाइ छ ।

डा. कोइरालाका अनुसार ओमिक्रोन संक्रमणले माथिल्लो श्वासप्रश्वास प्रणालीमा असर पुर्‍याउने हुन्छ । डेल्टा भेरियन्टजस्तो यसले सिधै फोक्सोमा आक्रमण भने नगर्ने उनी बताउँछन् । यसअघिको डेल्टा भेरियन्टले चारदेखि पाँचजनालाई संक्रमण सार्ने देखिएको थियो भने ओमिक्रोन संक्रमितले १० जनासम्मलाई सार्न सक्ने देखिएको उनले बताए ।

कसरी बच्ने ?
कोभिड–१९ को जुनसुकै भेरियन्ट आए पनि त्यसबाट बच्ने मुख्य उपाय भनेकै जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै भएको विज्ञहरू बताउँछन् । कोभिड–१९ का अहिलेसम्म देखिएका सबै भेरियन्टको सर्ने प्रक्रिया उस्तै भएकाले भौतिक दूरी कायम गर्न, सही तरिकाले मास्क लगाउन र सरकारले जारी गरेका मापदण्डको सही पालना गर्न सुझाव दिन्छन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड कन्सल्टेन्ट डा. विमल चालिसे । त्यस्तै, संक्रमणको शंका लागेमा तुरुन्तै परीक्षण गर्न, अरूबाट छुट्टै बस्न र निको नहुन्जेलसम्म अरूसँग नभेट्न डा. चालिसे सुझाव दिन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!