काठमाडौं । पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा परीक्षण गर्दा १० हजार ७०३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ६१८ जनामा पीसीआर परीक्षण गरिएकोमा ८ हजार ५१५ जनामा र ४ हजार ४७४ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९१.४ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३५ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ६५ हजार ३७४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ७४ हजार ०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-