काठमाडौं – डल्ले खुर्सानी हामिले स्वादका लागि खाने गरिन्छ । तर स्वाद मात्र होइन यो हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक पनि छ । अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागी राम्रो मानिदैन, तर डल्ले खुर्सानी फाइदाजनक मानिन्छ ।
यसमा पाइने क्याप्सिसिन तत्वले खानाका परिकारलाई मिठो र स्वादिलो बनाउने गर्छ । नेपालको पहाडी भुभागमा बढी उत्पादन हुने यो खुर्सानीको नियमित सेवनले धेरै समस्या समाधान गर्छ ।
यस्ता छन् फाइदा – यसको सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमणबाट बचाउछ । यदि मोटोपनले हैरान हुनुहुन्छ भने पनि यसको सेबन गर्नाले सजिलै मोटोपन घट्छ । यसको सेबनले तौल घटाउन मात्र नभई मुटुमम्बन्धी रोग र पिनासमा पनि लाभदायक मानिन्छ ।
अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसको सेबनले थकाइ मेटाउन सहयोग गर्छ । हाडजोर्नी दुख्ने समस्या पनि हटाउछ ।
थकाई लागेमा यसको सेवनले शरिरमा शरीरमा स्फूर्ती ल्याउछ । यसको सेवनले पिसाब सम्बन्धि समस्या समाधान गर्छ । यसको सेवनले रगतमा चिनीको मात्रा घटाउन सहयोग गर्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-