काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। तोलाको ६ सय रुपैयाँ बढेको सुनको मूल्य ९१ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमबार सुन ९० हजार ४ सयमा कारोबार भएको थियो।
मंंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेरे १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-