बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक असफलताले बनायो ‘सफल’ कृषक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
भदौ २९, २०७८ १४;४४ मध्यान्ह प्रकाशित
वैदेशिक असफलताले बनायो ‘सफल’ कृषक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

गलकोट, भदौ २९ गते । मानिसको जीवनमा अनेकन् घुम्ती आउँछन् । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बीस÷बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश जाने भोकले धेरै ठाउँमा भौंतारिने बनायो । वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाडौँ धाउँदाधाउँदै बित्यो । उमेरले ३० पुग्नै थाल्यो । न विदेश सफल भयो, न नेपालमा कुनै रोजगारीको टुङ्गो लाग्यो ।

युरोप, अमेरिका जाने त कुनै सोच थिएन उहाँको । तर साउदी र कतारजस्ता खाडी मुलुकका लागि अन्तर्वार्ता दिँदै उहाँको आठ वर्ष बितेको पत्तै भएन । काठमाडौँ धाउँदाधाउँदै उहाँको हजाराँै रकमसमेत खर्च भइसकेको थियो । अन्ततः तिलिजाले ३० वर्षको उमेरमा आएर विदेश नजाने निर्णय लिनुभयो । सायद विदेशका लागि पाएको हण्डर र ठक्करले पाठ सिकायो । उहाँका निर्णयमा परिवारको पनि साथ, सर्मथन रह्यो । वैदेशिक रोजगारीमा जाने सपना विफल भएपछि नयाँ कामका लागि सोच र प्रेरणा मिल्दै थियो । अहिले तिलिजाको दैनिकी फेरिएको छ । सरर्र स्कुटरमा कहिले बागलुङ बजार त कहिले कुश्मा बजारमा तरकारी, अण्डा, कुखुरा बेच्दै आउनुभएको छ । उहाँ उमेरले अहिले ३७ वर्षको हुनुभयो । तीस वर्षका उमेरमा थालेको कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै गयो । अहिले उहाँ सफल किसानका रूपमा परिचित भइसक्नुभएको छ । बागलुङ –१० भकुण्डेस्थित कालीगण्डकी किनारामा रहेको दब्ल्याङ बगरमा तीन रोपनी जग्गा भाडामा लिएर कृषि कर्म गरिरहनुभएको छ ।

सुरुका पाँच वर्ष तरकारी खेतीसँगै ब्रोइलर कुखुरा पाल्दै आउनुभएकामा पछिल्लो समय ब्रोइलर छाडेर अण्डा दिने लेयर्स जातको कुखुरा पाल्दै आउनुभएको छ भने पछिल्लो समय फस्टाउँदै गएको बट्टाई चरा, बङ्गुर र टर्कीसमेत पाल्दै आएको तिलिजा मगरले बताउनुभयो । “वैदेशिक रोजगारीमा जान धेरै समय खेर फालिएको रहेछ, सुरुबाटै कृषिमा लागेको भए कहाँ पुगिन्थ्यो होला ? जे होस्, अहिले राम्रै कमाइ भइरहेको छ, आफ्नै परिवारको साथमा बसेर कृषि तथा पशुपालनमा रमाइरहेको छु”, उहाँले भन्नुभयो, “अहिले किन विदेश जान खोजे हुँलाजस्तो लाग्छ, मैले सुरुमा ब्रोइलर कुखुरा पालेर व्यवसाय सुरु गरेको भए पनि अहिले बहुआयामिक बनाउँदै लगेको छु, बेमौसमी गोलभेँडा मेरो फार्मको मुख्य आम्दानीको स्रोत हो भने अण्डा, टर्की, बट्टाईपालन गर्दै आएको छु, अहिले आएर बङ्गुरपालन पनि सुरु गरेको छु ।” उहाँको कृषि तथा पशुपालनमा श्रीमती लक्ष्मी तिलिजा पनि सघाउनु हुन्छ । उहाँको फार्ममा अहिले १०० अण्डा दिने लोकल कुखुरा, २५० बट्टाई चरा, छ टर्की चरा र १४ बङ्गुर छन् भने दुई रोपनी क्षेत्रफलमा तरकारी खेती दुईवटा आधुनिक टनेल रहेको लक्ष्मी बताउनुहुन्छ ।

“तीन रोपनी जग्गाको भाडा वार्षिक रु. ३५ हजार तिर्दै आएका छौँ, फार्म आफैंले विस्तार गरेका हौँ, कुनै महिना राम्रो आम्दानी हुन्छ, कहिले हुँदैन”, लक्ष्मीले भन्नुभयो, “आफ्नो खायो, आफ्नै काम ग¥यो, आनन्दको जीवन बिताउन पाइयो, अहिले गोलभेँडा गरेर दुई आधुनिक प्लाष्टिक टनेल खाली गर्ने अवस्थामा पुगेका छौँ, वार्षिक रु. आठ÷दश लाखको कारोबार गरिएकै हुन्छौँ”, तिलिजा दम्पतीले लक्ष्मी कृषि तथा पोल्टी फार्म दर्ता गरेरै व्यावसायिक कृषि तथा पशुपालन सुरु गर्नुभएको छ । उनीहरुले फार्म सञ्चालनमा रोगव्याधिका लागि प्राविधिक सल्लाह नपाएको समेत गुनासो गर्नुभयो ।

कृषि ज्ञान केन्द्रले रु. एक लाख ५० हजार अनुदान दिइसकेको बताउँदै थापा दम्पतीले बेलाबेलामा प्राविधिक ज्ञान नपाउँदा कुखुरा र टर्कीमा रोगको प्रकोप आएको बताउनुहुन्छ । “टर्कीपालनमा अलि समस्या रहेछ, टर्कीलाई फरक खालको रोग लाग्दोरहेछ, यो अलि बुझिएन, ५० टर्की पाल्दै आएकामा अहिले छ वटामा सीमित छ, केही टर्की रोगका कारण मरेका छन्”, दुर्गा भन्नुहुन्छ, “विदेश जाने सपना त देखियो, विदेश देख्न पाइएन तर साथीभाइको सुख दुःख सुनिएकै छ, अहिले नेपालमै केही गर्न थालेपछि धेरै सन्तुष्टि मिलेको छ, अब बागलुङमा बङ्गुरको मासुको अत्यधिक माग भएकाले बङ्गुरफार्म विस्तारमा लागिरहेको छु, अहिलेसम्म करिब रु. १५ लाखको लगानी भइसकेको छ ।”

मगर दम्पतीले कृषिमा बिचौलियाको अन्त्य गर्नुपर्छ भन्दै आफैँले उपभोक्तासमक्ष पु¥याउने गरेको बताउनुभयो । बिचौलियाले सस्तोमा खरिद गरी महँगोमा बेच्दा असली किसान र उपभोक्ता दुवै मारमा पर्दै आएकाले स्कुटरमा दैनिक आफूले उत्पादन गरेको अण्डा, मासु, तरकारी आफैंले बागलुङ, कुश्मा तथा म्याग्दीको बजारमा पु¥याउने गरेको उहाँको भनाइ छ । बर्खायाममा दाना ढुवानीमा आफूहरुलाई समस्या भएको भन्दै सडकको सुधार गर्नुपर्ने उहाँको माग छ । दक्षिण जोड्ने पुलमा बाढीले क्षति पु¥याउँदा दाना ढुवानी नभएका कारण घाँस खुवाएर कुखुरा बचाएको उहाँको भनाइ छ । “किसानले मेहेनत गरेर उब्जाएको तरकारी र पशुजन्य वस्तु बिचौलियाले धेरै नाफा कमाएको आफूले महसुस गरेको थिएँ”, उहाँले भन्नुभयो, “त्यसैले स्कुटर किनेर आफैँ बजार लैजाँदा बढी फाइदा कमाउन सकेको छु, बिचौलियाको अन्त्य गर्न सके आफूजस्ता किसानलाई सहज हुनेछ ।” सरकारले सस्तोमा ऋण सुविधा दिएमा लगानी थप्न निकै सहज हुने उहाँको भनाइ छ ।

भकुण्डेको फेदमा रहेको दब्ल्याङ कृषि कर्मका लागि निकै उर्वरभूमि मानिन्छ । त्यस क्षेत्रमा अन्य स्थानका मानिस आएर व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन् । नेपालमै कृषि गर्ने सोच बनाएका थापा दम्पती लगानी गर्ने स्थान खोज्दै दब्ल्याङ पुगेको बताउनुहुन्छ । तिलिजा दम्पतीको मेहेनत एउटा उदाहरण मात्रै हो । तर सुरुमै विदेशमोह त्यागेर व्यवसायमा लागको भए अझै सफलता प्राप्त गर्न सकिन्थ्यो भन्ने उहाँहरुको भनाइ छ ।

दब्ल्याङमा थापा दम्पती जस्ता १० जना कृषकले व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन् । दब्ल्याङकै सरिता थापाले बङ्गुर तथा कुखुरापालन गर्दै आउनुभएको छ भने भर्खरै भकुण्डेका बबिन थापाले माछा र बङ्गुरपालन र धम्जाका दुर्गा श्रीष र अनिस श्रीष दाजुभाइले बङ्गुरपालन सुरु गर्नुभएको छ । उक्त स्थान कृषिको हब बन्दै आएको छ । कालीगण्डकी किनारामा रहेको यस क्षेत्रमा रहेको हावापानी सुहाउँदो कुखुरा, माछा तथा बङ्गुरपालन निकै फस्टाउँदै आएको किसान बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!