बैदेशिक पोष्ट
२०८२ मंसिर १९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमै फल्छ विश्वकै सबैभन्दा महंगो तरकारी ! किनेर खान सक्नुहुन्छ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज १, २०७८ २१;११ मध्यान्ह प्रकाशित
नेपालमै फल्छ विश्वकै सबैभन्दा महंगो तरकारी ! किनेर खान सक्नुहुन्छ ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा महंगो तरकारी कुन हो ? यसबारे थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो कि यो तरकारी नेपालमै उत्पादन हुन्छ । नेपालको विशेषगरी हिमाली क्षेत्र, त्यसमा पनि कर्णाली प्रदेशमा यो तरकारी पाइन्छ । यसबाहेक भारत, भुटान, तिब्बतको हिमाली क्षेत्रमा पनि यो च्याउ पाइन्छ । यसबाहेक उत्तरी गोलार्द्धका अन्य क्षेत्रमा पनि यो च्याउ पाइन्छ । नेपालीमा गुच्ची च्याउ भनिने यो तरकारीलाई अंग्रेजीमा कोरल मशरुम भनिन्छ । यो प्राकृतिक रुपमा उम्रिने च्याउ हो जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ प्रतिकिलो पर्छ ।

अनुसन्धानकर्ताहरु जयकान्त राउत, जीतेन्द्र उपाध्याय, विजय राघवन, मिनु अधिकारी, सन्तोषी भुसाल, प्रगुन सुन्दर सैंजू, चन्द्रमोहन गुर्मछान, अञ्जना गिरी र लोकरञ्जन भट्टले नेपालमा यो च्याउको व्यापार र संरक्षणका विषयमा संयुक्त रुपमा गरेको अनुसन्धानको शोधपत्र साइन्स पब्लिसिङ ग्रुप जर्नलमा प्रकाशित भएको छ । २० नोभेम्बर २०१९ मा प्रकाशित यो शोधपत्रमा उल्लेख भएअनुसार नेपालमा यो च्याउ हिमाली क्षेत्रमै गएर संकलन गर्ने संकलकले प्रतिकिलो ५ हजार रुपैयाँमा बिक्री गर्छन् ।

शोधपत्रका अनुसार थोक बिक्रेताले यो च्याउ १६ हजार रुपैयाँ प्रतिकिलो बिक्री गर्छन् । राष्ट्रिय बजारमा यो च्याउको खुद्रा मूल्य २० हजार रुपैयाँ प्रतिकिलो छ र अन्तर्राष्ट्रिय बजारमा यो च्याउ ३० हजार देखि ४० हजार रुपैयाँसम्म प्रतिकिलो निकासी हुन्छ । पूरा शोधपत्र यहाँ क्लिक गरेर पढ्न सक्नुहुनेछ । शोधकर्ताहरुका अनुसार नेपालमा यो च्याउ संकलन गरेपछि सुकाउने, ग्रेडिङ गर्ने र प्याकिङ गरेर बजारमा पठाइन्छ । यसबाहेक अन्य कुनै पनि किसिमको प्रशोधन नेपालमा अहिलेसम्म हुने गरेको छैन ।

यो तरकारी मुटु सम्बन्धि रोगका लागि निकै उपयोगी मानिन्छ । यसबाहेक यसमा अन्य कैयौं प्रकारका पौष्टिक तत्व पाइन्छ । यो तरकारीको माग विदेशी बजारमा निकै ठूलो छ । अन्तर्राट्रिय स्तरको अनलाइन सपिङ प्लेटफर्म अलीबाबामा यो च्याउको मूल्य १५० डलर प्रतिकिलोदेखि ३२० डलर प्रतिकिलोसम्म उल्लेख छ । यद्यपि अलीबाबाबाट यो मूल्यमा च्याउ थोकमा किन्नुपर्छ । कम्तीमा १० किलो किन्दा मात्र यो मूल्यमा पाइन्छ । अर्को ठूलो सपिङ प्लेटफर्म अमेजनमा पनि लगभग यससँग मिल्दो मूल्य नै छ ।

गुच्चीको वैज्ञानिक नाम मोर्सेला एस्क्युलेन्टा हो । आम रुपमा यसलाई मोरेल्स पनि भनिन्छ । यसलाई स्पन्ज मशरुम पनि भनिन्छ । यो नेपालको कर्णाली प्रदेश, भारतको हिमाचल प्रदेश र जम्मु कश्मिरमा उत्पादन हुन्छ । वर्षाको मौसममा यी च्याउहरु आफैं पनि उम्रिन्छन् । तर, निकै जोखिमपूर्ण उच्च पहाडी क्षेत्रमा हुने भएकोले यसलाई संकलन गन निकै कठिन हुन्छ । यही कारण यसको मूल्य निकै उच्च छ । अमेरिका, युरोप, फ्रान्स, इटली र स्विजरल्याण्डमा यो च्याउको माग उच्च छ । यसमा उच्च मात्रामा भिटामिन बी, सी, डी र के हुन्छ । उच्च पहाडी षेत्रमा उम्रिने गुच्ची फेब्रुअरीदेखि अप्रिल महिनासम्म पाइन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!