बैदेशिक पोष्ट
२०८२ फाल्गुन २१, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आधा करोड लगानीमा रारा मुर्मा टपमा रिसोर्ट बन्दै

सञ्चालक रोकाया भन्छन्ः यहाँका अरू होटलभन्दा फरक हुनेछ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज ४, २०७८ ११;०२ बिहान प्रकाशित
आधा करोड लगानीमा रारा मुर्मा टपमा रिसोर्ट बन्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोभिड महामारीका कारण रारा घुम्न जाने पर्यटक संख्या खुम्चिँदो छ। आन्तरिक तथा बाह्य पर्यटक घट्दै त्यहाँका होटल, रिसोर्ट, होम-स्टे लगायत पर्यटन व्यवसाय पनि संकटमा छन्। यस्तो संकट र अनिश्चिततामा पनि जोखिम मोल्न तयार छन् त्यहीँका पर्यटन व्यवसायी देवीकृष्ण रोकाया।mरोकाया राराको मुर्मा टपमा ‘रारा इको रिसोर्ट’ सञ्चालनको तयारीमा छन्। ‘जोखिम एकदमै धेरै छ। तर कर्णालीका लागि कर्णालीमै केही त गर्नुपर्छ भन्ने सोचले मैले लगानी गरेको हुँ,’ उनले भने।

दस रोपनी जग्गामा बन्ने रिसोर्टको निर्माण सुरू भइसकेको छ। यसको अनुमानित लागत ५० लाख रूपैयाँ हो। सुरूमा यहाँ बीस कोठा बनाइनेछ। दैनिक पचास बढी पर्यटक राख्ने गरी बनाउन थालिए पनि आवश्यकताअनुसार क्षमता विस्तार गर्दै तीन सयसम्मलाई सेवा दिने रोकायाले बताए। ‘दुई महिनाभित्र हामी भौतिक निर्माणको काम सक्छौं। मंसिर पहिलो सातादेखि रिसोर्ट सञ्चालनमा आउँछ,’ उनले भने।

भौगोलिक दुरीका हिसाबले सहर-बजारबाट रारा टाढा छ। निर्माण सामग्री जुटाउन केही समस्या भए पनि समयमै योजना सम्पन्न गर्ने विश्वास उनले राखेका छन्। उनका अनुसार ताल घुम्न जाने ९० प्रतिशत पर्यटक मुर्मा टप पुग्छन्। तर त्यहाँ आतिथ्य सेवा छैनन्। तालबाट करिब आठ सय मिटर टाढा माझघट्ट भन्ने ठाउँतिर मात्रै छन्। त्यहाँ रोकायाको पनि ‘रारा मुर्मा होम-स्टे’ छ। तर मुर्मा टपमै आतिथ्य सेवा नहुँदा त्यहाँ पुग्ने पर्यटकले समस्या झेल्नु परेको उनी बताउँछन्।

‘मुर्मा टप निकै उचाइमा छ। टप पुगिसकेपछि एकथोपा पानी पिउँछु भन्दा पनि ठाउँ छैन। कसैलाई चिया पिउन मन लाग्यो भने त कुरै छाडौं,’ उनले सुनाए। मुर्मा टपमा रारा इको रिसोर्ट बनेपछि त्यहाँ पुग्ने पर्यटकलाई निकै सहज हुने उनको विश्वास छ। ‘पाहुना त्यहाँ पुग्दाको थकाइ बिर्साउने रिसोर्ट बनाउँछौं। थकाइ मेटाउँदै वरपरका प्राकृतिक सुन्दरतासँग रमाउन सक्नुहुन्छ,’ उनले थपे।

छोटो (दुई/तीन दिन) लिएर पुग्नेका लागि त्यहाँ बसेर वरपर घुम्दै रमाउन सहज हुने उनको विश्वास छ। आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित उक्त रिसोर्टमा अरूभन्दा फरक विशेषता हुनेसमेत रोकायाले दावी गरे। ‘यो रिसोर्ट अरूभन्दा फरक हुनेछ। यहाँका अरू रिसोर्टमा अट्याच बाथरूमसहितका कोठा छैनन्। तर हाम्रोमा हुनेछ,’ उनले भने।

समुद्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुर्मा टप राराको पूरा आकृति हेर्न उपयुक्त स्थल मानिन्छ। रिसोर्टबाट घामको किरणअनुसार राराले फेर्ने रूपको अवलोकन गर्न सकिन्छ। रिसोर्टबाटै मुर्मा गाउँ, चंखेली, कान्जिरोवा हिमाल, छायानाथ, चुचेमारा लगायत आकर्षक पर्यटकीय स्थल अवलोकन गर्न सकिने रोकायाले बताए। सूर्योदय हेर्न पनि रिसोर्ट निकै उपयुक्त हुने उनको भनाइ छ।

‘हनिमुन प्याकेज तथा होलिडे प्याकेजमा आउनेका लागि रिसोर्ट आकर्षक बन्नेछ,’ उनले भने, ‘सहरको होहल्ला तथा कोलाहलबाट मुक्ति पाउन रारा आउनेले हाम्रो रिसोर्ट रूचाउनु हुनेछ। हामीले उहाँहरूकै लागि लक्षित गरेर बनाउँदैछौं।’ स्थानीय उत्पादनमार्फत पर्यटक आकर्षित गर्ने योजना उनले बनाएका छन्। रिसोर्टमा स्थानीय र अर्ग्यानिक परिकार र खानेकुरा हुनेछ।

‘कर्णाली आफैंमा अर्ग्यानिक क्षेत्र हो। हामी त्यस्तै खानेकुरालाई प्राथमिकता दिन्छौं। फापर, जौ, कोदोको रोटी, ढिँडो, च्यांग्राको मासु, सिमीको दाल, मार्सीको भात स्थानीय तरकारी, लोकल कुखुराको मासु, मह लगायत खानेकुरा विशेष परिकार हुन्,’ उनले भने। मुर्माको उत्पादनले भ्याएसम्म त्यही प्रयोग गर्ने उनले बताए। त्यहाँको उत्पादनले नधानेको अवस्थामा नेपालगन्जबाट आपूर्ति गर्ने योजना उनको छ।

रारा नेपालका आकर्षक पर्यटक गन्तव्यमध्ये एक हो। रारा हेर्न पुग्ने आन्तरिक पर्यटक संख्या ठूलै छ। तर त्यहाँ पुग्ने विदेशी पर्यटक कम छन्। प्रचारप्रसार गर्ने हो भने बाह्य पर्यटकको ठूलो सम्भावना बोकेको उनी बताउँछन्। ‘पूर्वाधार विकास हुन नसक्नु, त्यसमाथि पछिल्लो समय कोभिडका कारण रारामा पर्यटक आवागमन निकै कम छ,’ रोकायाले गुनासो गरे।

राराको प्रचारप्रसार गर्न सके छोटो समयमै कर्णालीको कायापलट हुने समेत उनी बताउँछन्। त्यस्तै विमानस्थल स्तरोन्नति, हवाई भाडा सहुलियत बनाउन सके रारामा पर्यटन प्रवर्द्धन हुने उनले बताए। ‘यहाँ निजी एयरलाइन्सले मात्रै सेवा दिएका छन्। भाडा एकदमै महँगो छ। सरकारी हवाई सेवा पनि विस्तार गर्न सके निकै टेवा पुग्थ्यो,’ उनले भने।

हवाई भाडामा आन्तरिक र बाह्य पर्यटकलाई विभेद गर्न नहुनेसमेत उनले प्रस्ट्याए। उनका अनुसार विश्वका कुनै मुलुकमा त्यहाँका नागरिक र विदेशी नागरिकलाई हवाई भाडामा विभेद छैन। ‘तर काठमाडौंबाट कुनै विदेशी रारा जाँदा एक लाखभन्दा बढी भाडा तिर्नुपर्छ। यसले पनि रारामा उल्लेख्य संख्यामा विदेशी पर्यटक पुग्न सकेका छैनन्,’ उनले दुखेसो पोखे, ‘सडक पनि एकदमै साँघुरो छ। त्यसमाथि कच्ची।’

पूर्वाधार विकास गर्न सके चिनियाँ र भारतीय दुई छिमेकी मुलुकबाटै रारामा वार्षिक चार लाख पर्यटक पुग्ने उनी बताउँछन्। कर्णाली प्रदेश, स्थानीय र केन्द्रीय सरकारले रारामा पर्यटन प्रवर्द्धन गर्न जोड दिनुपर्ने उनको भनाइ छ।

रारा नेपालको सबभन्दा ठूलो र प्रसिद्ध ताल हो। मुगु जिल्लामा अवस्थित राराले धेरैको मन लोभ्याउँछ। २०२० सालमा सालमा राजा महेन्द्रले रारालाई ‘स्वर्गकी अप्सरा’ नै भनेका थिए। त्यसपछि राराको महत्व बढ्न थालेको मानिन्छ।

समुद्र सतहदेखि करिब २९ सय ९० मिटर उचाइमा रहेको रारा जान सुरूसुरूमा निकै कठिन र धेरै समय लाग्थ्यो। पछिल्लो समय सहज हुँदै गएको छ। हवाई मार्ग हुँदै जाँदा एकै दिनमा राराको मुर्मा टप पुगिने व्यवसायी रोकाया बताउँछन्।

हवाई मार्गबाट जाँदा मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिँडेपछि रारा ताल पुगिन्छ। स्थलमार्ग हुँदै रारा पुग्ने पनि धेरै छन्। त्यहाँ वरपर धेरै होटल नहुँदा पर्यटकीय मौसमका बेला बास पाउन मुश्किल पर्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!