बैदेशिक पोष्ट
२०८२ चैत्र २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बंगुर पालेर वार्षिक १५ लाख कमाइ, तीन हजारमा बेच्छन् ‘फाइटर’ चल्ला

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज ६, २०७८ ०८;११ बिहान प्रकाशित
बंगुर पालेर वार्षिक १५ लाख कमाइ, तीन हजारमा बेच्छन् ‘फाइटर’ चल्ला
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तुलसीपुर उपमहानगरपालिकाका ३३ वर्षीय चुडामणि घर्ती अचेल दंग छन्। उनको बंगुर फार्ममा सातवटा माउले पाठापाठी जन्माएका छन्। १४ वटा गर्भिणी छन्। एकपटकमा एउटा माउले दसदेखि १७ वटासम्म पाठा पाउँछे। तिनले दिने आम्दानी सम्झेर उनी मख्ख नपर्ने कुरै भएन। चुडामणिको फार्ममा अहिले झन्डै एक सय बढी बंगुर छन्, २१ वटा पोथी र दुइटा भाले माउ हुन्।

१६ महिना अवधिमा एउटा माउले तीनपटक बच्चा जन्माउँछे। त्यसैले एउटा माउबाट मात्रै वर्षमा एक लाख रूपैयाँका पाठा बिक्री गरिरहेको चुडामणि बताउँछन्। ‘एउटा माउबाट वर्षमा एक लाखसम्म आम्दानी हुन्छ,’ उनले भने, ‘त्यसैले पाठापाठी उत्पादनलाई जोड दिएको छु।’

दुई महिना जतिको एउटा पाठो चार हजार पाँच सयदेखि पाँच हजार पाँच सयसम्ममा बेच्छन् उनी। बंगुर पालनबाट सबै खर्च कटाएर वर्ष १५ लाख बढी आम्दानी हुने उनले जानकारी दिए।

तुलसीपुर बजारदेखि करिब चार किलोमिटर पश्चिम तुलसीपुर उपमहानगरपालिका-८, नयाँ बस्तीमा उनको फार्म छ। मासुका लागि स्थानीय हुर्रादेखि विभिन्न चार प्रजातिका बंगुर पालेका छन्। पछिल्लो समय कोरोना महामारीले गर्दा गाउँघरमै मासुका लागि बंगुर पुर्‍याउन नसकिएको उनले बताए।

‘कोरानासँग जुध्न पौष्टिक आहार, माछामासु खानुपर्छ भनियो। अनि गाउँघरमै माग बढ्यो। पुर्‍याउन भने सकिएन,’ उनले भने, ‘अब बजार माग पूर्ति गर्न पढेलेखेका युवा यो व्यवसायमा आउन जरूरी छ।’

बंगुर पाल्न चाहनेले ठाउँ छान्दा विशेष ध्यान दिनुपर्ने उनी सुझाउँछन्। बस्तीबीचमा भन्दा पनि एकान्त ठाउँ भए राम्रो। मान्छेले फोहोर भयो भनेर गुनासो गर्दैनन्। त्यस्तै सरसफाइका लागि पानी पर्याप्त भएको, पारिलो घाम लाग्ने र अलिअलि भिरालो जग्गा उपयुक्त हुन्छ।

चुडामणिको फार्म पनि जंगलनजिकै एकान्त ठाउँमा भएको आफ्नै छ कठ्ठा जग्गामा छ। त्यहाँको काम सबै उनी, उनका आमाबुवा लगायत परिवारै मिलेर गर्छन्। बंगुरको पाठा जन्मेको दुई-तीन दिनभित्र आइरन खोप लगाउनुपर्छ। यो काम चुडामणि आफैं गर्छन्। त्योबाहेक बंगुरलाई कुनै समस्या देखिए पशु चिकित्सकको परामर्शअनुसार आफैं उपचार गर्दै आएको उनले बताए।

चुडामणिको घरमै रहेको चामल मिलबाट बंगुरका लागि दाना उत्पादन हुन्छ। केही होटल र मासु बजारबाट ल्याएको बोइलर कुखुराको आन्द्रा पनि पकाएर खुवाउँछन्। उनले व्यवसायिक रूपमा बंगुर पाल्न थालेको आठ वर्ष भयो। यो काम उनी आफैंले सुरू गरेका भने होइनन्। बुवा उपेन्द्रले पहिलेदेखि एक-दुइटा बंगुर पाल्थे। बेच्थे पनि।

उपेन्द्र संकटकालबेला रोल्पाको तालाबाङस्थित एक विद्यालयमा प्रधानाध्यापक थिए। नेपाली कांग्रेसनिकट शिक्षक संघको राजनीति पनि गर्थे। माओवादीले दुःख र धम्की दिएपछि उनले जागिर छाडे। फर्केर तुलसीपुरस्थित घरै बस्न बाध्य भए। माओवादी युद्धकै जगजगीले आफू पनि पढ्दापढ्दै विदेश जान बाध्य भएको बताउँछन् चुडामणि।

‘मेरो लाहुरे हुने सपना थियो। त्यसैका लागि म ज्यान बनाउन फिटनेस सेन्टर जान थालिसकेकको थिएँ,’ चुडामणिले भने, ‘तर मेरो ज्यान देखेर माओवादीले हाम्रो सेनामा तपाईं जानै पर्छ भन्दै उर्दी जारी गरे।’ चुडामणिका अनुसार उनलाई लैजान भनेर हतियारसहित धेरैपटक माओवादीहरू आए। धम्काउन थाले। तनाव दिए। ‘अनि म कलिलै उमेरमा विदेश जानुपर्‍यो,’ उनले भने।

तुलसीपुरकै महेन्द्र माविमा कक्षा दस पढ्दापढ्दै दुबई हानिएका उनलाई एसएलसी दिन नपाएकोमा अहिले पनि थकथकी लाग्छ। ‘हेडमास्टरको छोराले एसएलसी समेत पास गरेन भनेर आफन्त र साथीभाइले भन्दा मनमा थकथकी हुन्छ,’ उनले भने।

नेपालमा शान्ति प्रक्रिया सुरू भएपछि उनलाई विदेश बसिरहन मन लागेन। घरबाट पनि बोलाएपछि उनी फर्किए। दुबईमा उनले फिटनेस मास्टरका रूपमा काम गरेका थिए। फर्केर यही कामलाई निरन्तरता दिए। तुलसीपुरमा उनलाई धेरैले प्रशिक्षण दिएका छन्। जिम क्लबहरूबाट अहिले पनि प्रशिक्षणका लागि प्रस्ताव आइरहन्छ।

तर फिटनेस सिकाएर दुबईमाजस्तो यहाँ धेरै पैसा आउँथेन। उनलाई दीर्घकालीन पेसाको खाँचो भयो। यता बुवाले पालेका एकाध बंगुरले खर्च चलाउन सहयोग गर्थ्यो। धेरै सोचेपछि उनले बुवाले थालेको काम नै अगाडि बढाउने निधो गरे। त्योबेलादेखि उनी यसमै जमेका छन्।

चुडामणि बंगुरमा मात्र रमाएका छैनन्, घरमै लडाकू (फाइटर) कुखुरा पनि पालेका छन्। यस्ता एउटै भालेलाई तीसदेखि चालीस हजारमा बेच्ने उनले जानकारी दिए। यी लडाकू भालेबीच हुने प्रतियोगिताहरूमा सहभागी हुन उनी नेपालका विभिन्न ठाउँ र भारत समेत पुगिसके। घरमै लडाकू चल्ला समेत उत्पादन गर्दै आएका चुडामणिले एक जोडी चल्ला तीन हजारमा बेच्छन्।

बंगुर पालेर देशमै राम्रो कमाइ भए पनि उनलाई समाजका केही मान्छेका बोलीले वाक्क बनाउँछ। यो काम गरे मान मिल्ने, त्यो काम गरे नमिल्ने! रोजगारी र व्यवसायको प्रकृतिमा भएको विभेद उनलाई मनपर्दैन। ‘कतिपय भाइहरूले तपाईं जस्तो मान्छे यसरी होटलमा दाना लिन आएको सुहाएन भन्छन्,’ चुडामणिले भने, ‘म उनीहरूलाई काम ठूलो-सानो हुँदैन, इमानदारीपूर्वक आफ्नो पेसा-व्यवसाय गर्दा कसैको मान-प्रतिष्ठा कम हुने सोच्नु गलत हो भनेर सम्झाउने प्रयास गर्छु।’

जसले जे भने पनि चुडामणि आफ्नो काममा हच्किएका छैनन्। अझ उनी बंगुर फार्म विस्तार र व्यवस्थित गर्ने सोचमा छन्। ‘यहाँभन्दा अलि पर खोला किनारमा हाम्रो जग्गा छ,’ उनले भने, ‘त्यहाँ फार्म सारेर अलि धेरै बंगुर पाल्ने योजना छ।’

आफ्नो श्रम र सिर्जना खन्याउन सके गाउँघरमै पशुपालनबाट राम्रो आम्दानी हुने विश्वास उनको छ। तर पछिल्लो समय युवाहरूले नबुझी लहलहैमा काम सुरू गर्दा अपेक्षित लाभ हासिल गर्न नसकेको उनी बताउँछन्।

चुडामणिका अनुसार सुरूमा थोरै लगानीबाट अनुभव बटुल्दै अगाडि बढ्नेलाई फाइदा भएको छ। सुरूमै ठूलो लगानी गर्ने र फार्ममा चासो नदिनेले घाटा बेहोरेर बीचमै छाडेका छन्। उनी भन्छन्, ‘कुनै पनि काम गर्दा धैर्य चाहिन्छ। छिट्टै धेरै लाभको आशा गर्दा समस्या हुन्छ नै।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!