बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कन्डक्टर थिए, अचेल मान्छेहरू उनलाई ‘डाक्टरसाब’ भन्छन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज ७, २०७८ १४;२८ मध्यान्ह प्रकाशित
कन्डक्टर थिए, अचेल मान्छेहरू उनलाई ‘डाक्टरसाब’ भन्छन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

झट्ट सुन्दा नौलोमात्रै होइन विचित्रैको लाग्छ- घाइते जुत्ता-चप्पलको अस्पताल। मान्छे बिरामी हुँदा उपचार गर्ने ठाउँलाई अस्पताल भनिन्छ। पशुको उपचारका लागि पनि अस्पताल सञ्चालनमा छन्। खुला आकासमुनि यस्तो विचित्रको अस्पताल सञ्चालनमा आएको भने करिब तीन महिना भयो। चितवन सदरमुकाम भरतपुरको केन्द्रमै सडक छेउमा रामकुमार रम्तेलले खोलेका यो ‘अस्पताल’। अस्पतालमा उनी आफैं डाक्टर हुन्, पियन पनि आफैं। ओपिडीदेखि शल्यक्रियासम्मको सुविधा छ उनको अस्पतालमा।

रम्तेलका सपना ठूला थिएनन्। उनी सार्वजनिक यातायातमा कन्डक्टर थिए, विस्तारै चालकसम्म बन्न सकिन्छ कि भन्ने चाहना थियो। तर घर, समाज अनि देशको परिस्थितिले उनलाई कन्डक्टर बनिरहन पनि दिएन। नवलपुरको कावासोतीदेखि डण्डासम्म चल्ने गाडीमा भाडा उठाउने काम गर्ने रम्तेललाई लकडाउनले डुबायो। यसै त उनलाई त्यहाँबाट आउने तलबले परिवार पाल्न हम्मे भइरहेको थियो, लकडाउनले त्यही जागिर पनि खोसिदियो।

नारायणगढको कमलनगरमा सपरिवार भाडामा बस्दै आएका रम्तेलले वर्षौंअघि मामासँग जुत्ता-चप्पल सिलाउन सिकेका थिए। उनले त्यही सीपलाई व्यवसायमा लगाउने सोच बनाए। आवश्यक सामान जोरजाम गरेर उनी नारायणगढ पुल्चोकको सडक पेटीमा बस्न थाले। केही दिनमै उनलाई नगर प्रहरीले त्यहाँबाट उठायो।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको आडमा सडक पेटीमा जुत्ता चप्पल सिलाउन बसेका भारतीयलाई उनले सम्झिए। उनलाई लाग्यो, ‘भारतदेखि आएर यहाँ व्यापार चलाएका छ म यही देशको नागरिक त्यो ठाउँमा बस्न पक्कै पाउँछु।’ उनी पोको पुन्तुरो बोकेर भरतपुर उक्लिए। यहाँ त हदै भयो। उनलाई भारतीयले पनि लखेट्न खोजे।

‘तिमीहरू जस्तै मेरो पनि बस्ने हक छ, सँगै बसेर काम गरौं भनेर आग्रह गरें,’ उनले सुनाए, ‘उनीहरू समूहमा थिए, म एक्लो। कुटौंलाझैं गर्थे, नेपाली एक्लै देखेर होला हेप्नु हेपे।’ बल्ल-बल्ल बस्न त थाले तर ग्राहकले उनलाई पत्याएनन्।

‘उनीहरू यहाँ वर्षौंदेखि बसेका भएर होला, धेरै मान्छेले चिन्दा रहेछन्। हाम्रोमा जुत्ता, चप्पल सिलाउने भनेपछि उनीहरू जस्तै मान्छेलाई पत्याउने चलन छ, त्यसैले मेरोमा व्यापार नै भएन,’ रम्तेलले सुनाए। जुत्ता सिलाउन आएका एक युवाले रम्तेलको व्यवसायका विषयमा सोधे– कस्तो छ व्यवसाय?

उनले जवाफ दिए, ‘ठीक छैन, यस्तै भइरह्यो भने त यहाँबाट पनि उठ्नुपर्छ।’ ती युवाले सुझाव दिए, ‘केही नयाँ गर्नुस्, व्यापारमा पक्का सुधार हुन्छ।’ रम्तेलले कुरा बुझेनन्। ती युवाले बुझिने गरी भने- केही नयाँ कुरा लेखेर टाँस्नुस्, सेवाग्राहीको ध्यान तान्छ।

रम्तेलले भने- मलाई त त्यस विषयमा केही पनि थाहा थिएन। जुत्ता सिलाउन आउने युवाले तपाईंलाई मेसो नभए मै बनाएर ल्याइदिउँला भने। मैले जुत्ता सिलाएको ४० रुपैयाँ लिइनँ, उनले त्यो पैसाले यस्तो ब्यानर ल्याएर टाँसिदिए। ब्यानरमा आफ्नो पसललाई अस्पताल र आफ्नो नामको अगाडि डाक्टर लेखेको देखेर रम्तेल दंग परे। उनले न यसको कारण बुझे, न त यसले ल्याउने परिणाम।

‘यो टाँसेपछि मान्छेको ध्यान तानिन्छ भनेको भएर मैले त्यसलाई मिलाएर टासें,’ उनले बताए। ब्यानर टाँसेपछि भने उनले नसोचेको भयो। सिधै भारतीयकोमा जाने सेवाग्राही उनले टाँसेको ब्यानरको फोटो खिच्न आउन थाले।

‘मलाई त डाक्टर साब नमस्ते भन्ने पो थाले। बाटोमा हिँड्नेहरू रोकिएर मसँग सेल्फी खिच्ने, ब्यानरको फोटो खिच्ने गर्न थाले,’ उनले भने, ‘हेर्दाहेर्दै भारतीयकोमा सेवाग्राहीको सुख्खा लाग्न थाल्यो, मलाई अर्डरको ओइरो हुन थाल्यो।’

विभिन्न देशमा बस्नेले समेत उनलाई फोन गरेर उनको कथा सोध्न थाले। राम्रो काम गरेको भन्दै शुभकामना दिए। उनलाई काम गर्न भ्याइनभ्याई भयो।

रम्तेललाई अस्पताल र डाक्टर लेखिएको ब्यानर यहाँ टाँस्नु ठीक हो कि बेठीक थाहा छैन। डाक्टर साब नमस्ते भनेर सम्बोधन गर्नेलाई नमस्ते फर्काउन मिल्ने हो कि होइन पनि थाहा छैन। तर उनलाई यी दुई शब्दले धेरै खुसी दिएको छ। पहिले काम भेटाउनै मुस्किल पर्ने उनलाई अहिले दैनिक २ हजार रुपैयाँ कमाउन गाह्रो छैन। मकवानपुरको भीमफेदीस्थित इपा गाउँमा जन्मिएका रम्तेलले सानै उमेरमा बाबु गुमाए। आमा एक्लैले उनीसहितका तीन भाइ छोरालाई हुर्काइन्।

‘विपन्न परिवारमा जन्मिएका हामीलाई खानैको दुःख थियो, पैंचो माग्दा पनि कसैले दिँदैनथे, यस्तो अवस्थामा पढ्ने त माहोल नै भएन। मलाई स्कुल गएको याद नै छैन,’ उनले सुनाए। त्यही गाउँमा मेलापात गरेर हुर्किए उनी। आफ्नो जमिन त थियो तर राम्रो उब्जाउ हुन्थेन। धेरै जमिन त पहिरोले काम नलाग्ने बनाइदियो।

‘पहिले आमाले मेलामा गएर ल्याएको खाएर ठूला भयौं, १०-१२ वर्षको भएपछि अर्काको खेत जोत्न गएर छाक टार्न सक्ने भयौं,’ उनले भने, ‘विकट गाउँको दलित परिवारका हामी दुःखै दुःखमा हुर्कियौं।’ उनले कहिले हेटौंडाका उद्योग, कलकारखानामा मजदुरी गरे त कहिले भारी बोक्ने काम गरे। तर जेसुकै गर्दा पनि उनलाई खानैका लागि हम्मे भयो।

पछि उनले ऋण खोजेर विदेश जाने निधो गरे। २०६९ सालमा उनी एक लाख २० हजार रुपैयाँ ऋण खोजेर इलेक्ट्रोनिक सामान बनाउने कम्पनीको भिसामा मलेसिया गए। मलेसिया त गए तर गएको काममा कमाइ राम्रो भएन। उनले त्यो काम छाडेर अवैधानिक रूपमा सेक्युरिटी गार्डको काम गर्न थाले। तर केही महिनामा उनलाई त्यहाँको प्रहरीले समात्यो। ऋण तिरेर केही रकम घर पठाउन थालेका उनलाई ११ महिना जेलमा राखेर मलेसियाले नेपाल फर्काइदियो।

रोजगारीका लागि भनेर मलेसिया गएका उनी चार वर्षपछि नेपाल फर्कँदा पनि जस्ताको तस्तै थिए। रित्तो हात फर्किएको थाहा पाएको समाजले भन्न थाल्यो, ‘रामेले गरिखान नसक्ने भयो।’ यही कुरालाई मनमा राखेर उनले प्रण गरे अब नेपालमै केही गरेर देखाउँछु। त्यसपछि नै हो उनी रन्किएर गाडीको कन्डक्टर बन्न पुगेका।

३८ वर्षीय रम्तेलले दुइटा विवाह गरे। जेठी श्रीमतीले उनलाई छाडिन्। कान्छीसँग विवाह गरेको पनि ११ वर्ष भयो। जेठीबाट एक छोरा, कान्छीतिरबाट एक छोरी छन्। १९ वर्ष भइसकेका छोराले ९ कक्षासम्म पढेर छोडे। कान्छी छोरी अहिले नारायणगढको बालकुमारी माविमा ४ कक्षामा पढ्छिन्।

‘छोरोले पढ्दा पढ्दै छाड्यो, मेरो आर्थिक अवस्थालाई बुझेर उसले पढाइ बीचैमा छाडिदियो। छोरी पढाइमा निकै मेहनत गर्छे, सधैँ पहिलो भएर पुरस्कार ल्याउँछे, यसलाई भनेजति पढाउन पाए हुन्थ्यो भन्ने लागेको छ’, उनले भने, ‘डाक्टरै बन्न नसके पनि मजस्तो कन्डक्टर बन्न नपरे हुन्थ्यो भन्ने लाग्छ।’

उनको कमाई अहिले मासिक ५० हजार रुपैयाँभन्दा बढी छ। केही महिनाको पैसा जम्मा गरेर सटरभित्र पसल राख्ने योजनामा छन् रम्तेल। छोरालाई पनि काम सिकाएर यही व्यवसायमा लगाउने सोच उनको छ।

हाल च्यातिएका जुत्ता सिलाउने उनले व्यापारलाई बिस्तार गर्दै नयाँ जुत्ता तयार पारेर बेच्नेसम्मको सपना देख्न थालेका छन्। अनि गाउँमा रहेकी आमालाई यतै ल्याएर राख्ने तयारी गरेका छन्।

‘गरे यहीँ पनि हुने रहेछ, भारतबाट आएकाहरूले यही ठाउँमा बसेर कमाए। हामी यहीँको काम नदेखेर विदेशमा हण्डर खान पुग्यौं,’ उनी भन्छन्, ‘कसैले मुटुमै घोच्ने गरी लगाएको वचनले आज परिवार पाल्नेमात्रै होइन केही पैसा बचाउन सक्ने भएको छु।’ सडकमा बसेर गरेको कामको सम्मान पनि राम्रै भएको महशुस उनले गरेका छन्।

‘नेपाली दाइले अस्पताल नै खोल्नुभएको रहेछ भनेर सम्मान गर्छन्,’ रम्तेल भन्छन्, ‘जानेको सबै सीप लगाएर काम गर्छु, मान्छेको उपचार गर्न नसके पनि उनीहरूले लगाउने जुत्ता, चप्पलको त गरेकै छु। त्यसैले म यसैको डाक्टर हो।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!