बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फोनको घण्टी बज्दा तर्सिन्छन् बन्दीपुरका होटल व्यवसायी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज ९, २०७८ १३;३० मध्यान्ह प्रकाशित
फोनको घण्टी बज्दा तर्सिन्छन् बन्दीपुरका होटल व्यवसायी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

असोज ९ गते । फोनको घण्टी बज्दा खुसी हुनेगरेका तनहँुँ बन्दीपुरका पर्यटन व्यवसायीहरु अहिले तर्सिन थालेका छन् । कोरोनाको प्रभावअघि ट्राभल्स एजेन्सीहरु, पर्यटकहरुले होटल बुकिङका लागि फोन गर्दा खुसी हुनेगर्थे । तर अहिले बैंक, वित्तिय सस्था तथा साहुहरुले भुक्तानीको ताकेता गरेकाले तनावमा परेका हुन् ।

पर्यटकलाई लक्षित गरी खुलेका बन्दीपुर होटल तथा रिसोर्ट कोरोना कहरले लामो समयदेखि ढोका बन्द हुँदा आम्दानी नभएर अप्ठ्यारोमा परेका छन् । कोरोनाको असर कम हुँदै गएकोले आम्दानी हुन थालेको होला भन्दै भुक्तानीको लागि बारम्बार फोन आउनेगरेको व्यवसायीहरु बताउँछन् ।
जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएकोमा पटक पटक गरी त्यसैलाई निरन्तरता दिइँदैआएको छ । बन्दीपुर पर्यटन व्यवसायी समितिका निवर्तमान अध्यक्ष बैस गुरुङले कोरोना अघि होटल बुकिङका लागि बारम्बार फोन आउँदा खुसी हुने व्यवसायी हाल ऋण तिर्न ताकेका गर्दै फोन आउने गरेकोले व्यवसायीहरु तर्सने गरेको बताउनुभयो ।

पर्यटन व्यवसायी लामो बन्दाबन्दीले थलिएकाले व्याज मिनाहा गर्न सरकारले ध्यान दिनुपर्ने गुरुङ बताउनुहुन्छ । ‘‘९० प्रतिशत व्यवसायीहरुले बैंकबाट ऋण लिएर लगानी बढाइरहेकोले ढोका लगाएर बस्नुपर्दा व्यवसायीहरु थलिएका छन्’’ गुरुङले भन्नुभयो । बैंक तथा वित्तिय सस्थाहरुले नाफा देखाउने होडबाजी गरिरहेकाले सरकारले पहलकदमी गरी व्याजदर घटाउने, बन्दाबन्दी अवस्थाकाबेलाको व्याज नलिनेजस्ता राहतका कार्यक्रम ल्याई पर्यटन व्यवसायीको संरक्षण गरिनुपर्ने गुरुङको भनाई छ ।

“अब मजदूरलाई के गर्ने, ऋण कसरी तिर्ने सबैको चिन्ता यही छ’’ गुरुङले भन्नुभयो । बन्दीपुरमा पर्यटकको आवागमन बढ्दैगएकोले व्यवसायीले ऋण थपेर होटलमा लगानी बढाएकोमा हाल आम्दानी नहुँदा सावाँ तथा व्याज भुक्तानीको लागि समस्या परेको पर्यटन व्यवसायी नारायण खड्काले बताउनुभयो ।

पर्यटक आवागमन ठप्प भएकाले व्यवसाय धान्न प्रतिकुल अवस्थासम्म घरबेटीलाई आधामात्रै भाडा तिरेर बस्ने सहमति भएको जानकारी दिनुभयो । श्रेष्ठ होटल एण्ड रेष्टुरेन्टका सञ्चालिका गायत्री श्रेष्ठले पर्यटकीय क्षेत्रमा पर्यटक नआएकाले पर्यटन व्यवसायीलाई बाँच्न कठिन भएको बताउनुभयो । “हाम्रो खेती भनेकै व्यवसाय हो, ग्राहक आएका छैनन् हामी मारमा परेका छौं’’ गायत्रीले भन्नुभयो । रेखा होटल एण्ड लजकी सञ्चालिका पार्वती खड्का पर्यटक आवागमन हाल ठप्प भएकाले पर्यटन व्यवसायीहरु थलिएको बताउनुभयो ।

बन्दीपुर सामुदायिक होमस्टेका सदस्य सन्तोष प्रधान कोरोना भाइरसको असरका कारण पर्यटक नआउँदा बन्दीपुर सुनसान भएको जानकारी दिनुभयो । पर्यटन व्यवसायलाई लयमा फर्काउन सबैलाई खोपको व्यवस्था गर्नुपर्ने प्रधानले बताउनुभयो । बन्दीपुरमा करिब दश वटा होटल निर्माणाधीन अवस्थामा छन् । बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिलेज लगायत सानाठूला गरी ७० होटल छन् । यसका अतिरिक्त चारवटा समुहले घरबास ‘होमस्टे’ सञ्चालनमा ल्याएका छन् ।

बन्दीपुरमा घुमघामका लागि मात्र नभएर तालिम, सेमिनार, गोष्ठी, विभिन्न कार्यक्रम गर्न देशभरबाटै नागरिक आउँथे तर कोरोनाको कारण कोही नआउँदा सुनसान छ । हाल कोरोना कम हुँदैगएसँगै विदाको दिनमा भने छिटफुट रुपमा पर्यटक आउन थालेको बन्दीपुर गाउँपालिका–५ ढापस्थित मस्याङ्दी रिभर भ्यू रिर्सोटका सञ्चालक महेन्द्रमोहन भट्टराईले जानकारी दिनुभयो । यो समाचार गोर्खापत्रमा प्रकाशित छ

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!