नेपाली बजारमा आजदेखि यामाहाको नयाँ बाइकको बिक्री प्रारम्भ हुँदैछ। कम्पनीले केहीदिन अघि बिएस५ भर्सनको एमटी१५ बाइकको बिक्री यही सोमबारदेखि प्रारम्भ गर्ने घोषणा गरेको थियो। कम्पनीका अनुसार नयाँ बाइकको बिक्री भृकुटीमण्डपमा जारी यामाहा महा–एक्सचेन्ज मेलामा सुरू हुनेछ।
बिएस६ मापदण्डमा तयार भएको नयाँ एमटी१५ मा १५५ सिसीको लिक्विड कुल्ड, ४ स्ट्रोक, ४ भल्व इन्जिन जडित छ। जसले १०,००० आरपिएममा १८.४ पिएस पावर र ८,५०० आरपिएममा १३.९ एनएमको टर्क जेनेरेट गर्छ। बाइकमा ६ स्पीड गियर ट्रान्समिसन छ।
सुरक्षाको लागि बाइकमा एबिएससहितको डिस्क ब्रेक सुविधा छ। त्यस्तै यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोक्रस सस्पेन्सन पाउन सकिन्छ। बाइकमा ट्युबलेस टायर छन्। त्यस्तै यसको साइड स्ट्यान्ड खोल्ने बित्तिकै स्टार्ट स्वीच बन्द हुन्छ। बाइकमा १० लिटरको इन्धन क्षमता छ। यसमा पुरै डिजिटल स्पिडोमिटर पाउन सकिन्छ भने यसको फ्युल गज पनि डिजिटल छ।
बाइकको बाहिरी आवरण पनि निकै आकार्षक छ। यसमा एलइडी हेडल्याम्प पाउन सकिन्छ। बाइकको लम्बाई २,०२० एमएम, चौडाई ८०० एमएम र उचाई १,०७० एमएम छ। त्यस्तै बाइकमा १७९ एमएम ग्राउन्ड क्लेरेन्स र १,३३५ एमएम ह्विलबेस छ। यसले गर्दा बाइकलाई कच्ची बाटोमा चलाउन पनि सहज हुन्छ। बाइकको कुल तौल भने जम्मा १३८ केजीको छ। कम्पनीले बिएस६ मापदण्डमा आधारित नयाँ एमटी१५ को बजार मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ तोकेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-