एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरू सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको यस योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूले एनसेलको सिम निःशुल्क लिन सक्छन् र साथै रु ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रूपमा पाइने सेवा, सुविधाहरूको फाइदा लिन सक्छन् ।
यो योजना अन्तर्गत पहिलो रु ५० वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरूले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्ज पछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरूले ६ महिनासम्म विशेष छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुट अन्तर्गत रु १ प्रति मिनेटमा भ्वाइस सेवा, रु १ प्रति एमबीमा डेटा सेवा र रु १.९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्छन् ।
यसका साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु ५० देखि रु ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समय सीमा रहेको २०० एमबी डेटा बोनस स्वरूप प्राप्त गर्दछन् । त्यस्तै रु १०० देखि रु १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउँछन् । रु २०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन् । बोनसमा पाइने यी डेटाहरू ७ दिनको लागि मान्य रहन्छ ।
ज्येष्ठ नागरिकहरूले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गते सम्म सञ्चालनमा रहनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-