बैदेशिक पोष्ट
२०८२ माघ १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आइल्याण्डमा कम्पनी खोलेर शंकास्पद चार करोड ८३ लाख रुपैयाँ नेपाल भित्र्याए सुमार्गीले

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज १८, २०७८ ०७;०२ बिहान प्रकाशित
आइल्याण्डमा कम्पनी खोलेर शंकास्पद चार करोड ८३ लाख रुपैयाँ नेपाल भित्र्याए सुमार्गीले
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । अनौपचारिक माध्यमबाट रकम विदेश पुर्‍याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण फेला परेका छन् । यसअघि उनको बारेमा खोपकेले आईसीआईजेसँगको सहकार्यमा २ माघ २०७५ मा शंकास्पद धनको ओसारपसार सम्बन्धी खुलासा गरेको थियो ।

नेपालिक्स खुलासा अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता भएको जोधार इन्भेष्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर ९४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१ (रुपैयाँ) भित्रिएको छ ।

यस पटकको प्यान्डोरा पेपर्सका अनुसार सुमार्गी सन् २०१० मा ब्रिटिश भर्जिन आइल्याण्डमा खोलिएको जोधार इन्भेष्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन् । उनी यो कम्पनीमा निर्देशकको भूमिकामा पनि छन् । त्यसका लागि सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीका तर्फबाट आफ्नै हस्ताक्षर चल्ने गरी खाता खोलेको पाइएको छ । काठमाडौं, बानेश्वर निवासी सुमार्गीले आफ्नो ठेगाना बेलायत उल्लेख गरेका छन् । सुमार्गीसँगै यो कम्पनीका ‘लाभार्थी मालिक’ साइप्रसका वकिल तथा उनका बिजनेस पार्टनर सोटिरिओस् पिट्टास पनि रहेको भेटिएको छ ।

जोधारको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड र अन्य तीन जना साइप्रसका नागरिक छन् । जोधारमा एक अमेरिकी डलरका दरले ५० हजार कित्ता साधारण शेयर लगानी गरेर फोनफाइडर सर्भिस लिमिटेड सन् २०१० मा साधारण शेयर सदस्यका रूपमा भित्रिएको कागजातहरूले देखाउँछन् ।

प्यान्डोरा पेपर्सका अनुसार यसबाहेक सुमार्गीले ९ सेप्टेम्बर २०११ मा ब्रिटिश भर्जिन आइल्याण्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको भेटिएको छ । सन् २०१८ को एक रेकर्ड अनुसार अजेय सुमार्गी यो कम्पनीका लाभार्थी मालिक र निर्देशक हुन् । यो कम्पनीको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड पनि रहेको कागजातहरूले देखाउँछन् ।

वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडले एक डलरका दरले ५० हजार कित्ता शेयर लगानी गर्ने अनुमति पाएको देखिन्छ । यसै अनुसार फोनफाइडर सर्भिस लिमिटेडले वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा ५० हजार कित्ता साधारण शेयर लगानी गरेको छ ।

सुमार्गीको ब्रिटिश भर्जिन आइल्याण्डस्थित द अवेज इन्टरनेशनल लिमिटेडमा पनि लगानी भेटिएको छ । उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन् । यो कम्पनीमा ब्रिटिश भर्जिन आइल्याण्डको अस्मिताज् वल्र्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ । सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन्।

अस्मिता वल्र्ड लिमिटेडको सञ्चालक पनि सुमार्गी नै हुन् । आईसीआईजेबाट प्राप्त कागजात अनुसार सन् २००८ मा उक्त कम्पनीमा लगानी गरेका सुमार्गी कम्पनीका लाभार्थी मालिक, शेयर लगानीकर्ता र निर्देशक हुन् । उनले यो कम्पनीको १०० कित्ता शेयर खरीद गरेका थिए । कम्पनीको सम्पत्तिको स्रोतहरू हेटौंडा लाइम इण्डष्ट्री प्रा।लि, एभरेष्ट मिनरल प्रडक्ट्स प्रा।लि, मुक्तिश्री प्रा।लि भएको कागजातहरूले देखाएको छ । जुन सुमार्गीको लगानीका नेपाली कम्पनीहरू हुन् ।

अस्मिताज् कम्पनीले एक डलरका दरले द अवेज कम्पनीमा १०० कित्ता शेयर लगानी गरेको भेटिएको छ ।

द अवेज इन्टरनेशनल लिमिटेडको दर्तावाला एजेन्ट कम्पनी ब्रिटिश भर्जिन आइल्याण्डको फाइडेलिटी कर्पोरेट सर्भिस लिमिटेड हो । यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वल्र्ड लिमिटेडले प्रति कित्ता एक अमेरिकी डलरका दरले १०० कित्ता शेयर लगानी गरेको भेटिएको छ ।

अजेयराज सुमार्गीको ब्रिटिश भर्जिन आइल्याण्डकै ‘द न्यू डिजिटेक इन्टरनेशनल’ लिमिटेडमा पनि लगानी रहेको देखिन्छ । उनी यो कम्पनीका निर्देशक हुन् । कम्पनीको शेयर होल्डर अस्मिताज् वल्र्ड लिमिटेड पनि हो । अस्मिताज्ले एक डलरका दरले १०० कित्ता शेयर उक्त कम्पनीमा लगानी गरेको भेटिएको छ ।

यो अन्तर्राष्ट्रिय चर्चित कम्पनीको शेयर खरीद र बिक्री गर्ने र विभिन्न देशबाट अनुमति लिएर टेलिकम सम्बन्धी व्यापार गर्ने प्रकृतिको कम्पनी हो । यसले एशिया क्षेत्र– नेपालमा काम गर्ने अनुमति लिएको छ । एक गोप्य कागजात अनुसार यो कम्पनीको उद्देश्य नेपालमा मोबाइल फोनका लागि ‘एयर टाइम प्रदान’ गर्ने एउटा नेपाली कम्पनीको ५० प्रतिशत शेयर होल्ड गर्ने हो ।

र, यो कम्पनीको मुख्य टे«डिङ पार्टनरमा नेपाल टेलिकम प्राइभेट लिमिटेड कम्पनी रहेको पाइएको छ । द न्यू डिजिटेक इन्टरनेशनल लिमिटेड कम्पनीको लगानीको प्रारम्भिक स्रोत यसका निर्देशक अजेयराज सुमार्गी आफैं र होल्डिङ कम्पनी अस्मिताज् वल्र्ड लिमिटेड रहेको उल्लेख छ । यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वल्र्ड लिमिटेडले १०० अमेरिकी डलर बराबरको १०० कित्ता शेयर लगानी गरेको छ । कम्पनीको सम्पत्तिको स्रोतहरू मुक्तिश्री प्रा।लि र नेपाल स्याटेलाइट टेलिकम लिमिटेड भएको कागजातहरूले देखाएको छ ।

कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिश भर्जिन आइल्याण्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यू डिजिटेक इन्टरनेशनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिश पाउण्ड विदेशी लगानी ९एफडीआई० नेपाल भित्र्याएको तथ्य पनि यसअघि नै नेपालिक्स मार्फत खुलासा भइसकेको छ । द न्यू डिजिटेक कम्पनीको स्रोतको रूपमा सुमार्गीको नेपाली कम्पनी मुक्तिश्री प्रा।लि रहेको खुलेको छ ।

नेपालको कानूनी व्यवस्था अनुसार विदेशमा गैरकानूनी रूपमा कम्पनी खोलेका सुमार्गीले त्यहाँको नीतिगत व्यवस्थाको समेत उल्लंघन गरेको विवरण फेला परेको छ । कम्पनी दर्ता गरिदिने ‘ल फर्म’ले जोधार इन्भेष्टमेन्ट लिमिटेडले सुमार्गीको हाल बस्दै आएको ठेगाना, कम्पनीको उद्देश्य, कम्पनीले व्यापार तथा कारोबार गर्ने ठेगाना, कम्पनीको बैंक खाता सम्बन्धी विवरण नबुझाएको भनेर उनीमाथि कारबाहीको चेतावनी दिइएको भेटिएको छ ।

ब्रिटिश भर्जिन आइल्याण्डस्थित ल फर्म कम्पनी ट्राइडेन्ट ट्रष्ट लिमिटेडका कम्प्लायन्स एण्ड मनी लाउन्डरिङ रिपोर्टिङ अफिसरले ८ फेब्रुअरी २०१८ मा सुमार्गीको कम्पनीको कानूनी एजेन्टलाई इमेल लेखेर ९ फेब्रुअरी भित्र आवश्यक सबै काजगात बुझाउन र त्यसो नगरे कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको प्यान्डोरा पेपर्सको विवरणमा उल्लेख छ ।

सुमार्गीका नातेदारको नाममा पनि

सुमार्गीको कम्पनीमा काम गर्दै व्यावसायिक साझेदार हुन पुगेका उनका एक आफन्त अर्जुन शर्माको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ । ब्रिटिश भर्जिन आइल्याण्डको ट्राइडेन्ट ट्रष्ट कम्पनीले सन् २०१९ मा राखेको रेकर्ड अनुसार १२ मे २(१) मा ब्रिटिश भर्जिन आइल्याण्डको डेलोर भेन्चर्स लिमिटेडमा नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर अर्जुनप्रसाद शर्माले लगानी गरेका हुन् ।

यो कम्पनीमा ब्रिटिश भर्जिन आइल्याण्डकै एडीली कन्सल्ट्यान्ट लिमिटेड नामक अर्को कम्पनी निर्देशकका रूपमा रहेको देखिन्छ । ब्रिटिश भर्जिन आइल्याण्डकै फोनफाइडर सर्भिसेज् लिमिटेड डेलोर भेन्चर्स कम्पनीको शेयर होल्डरका रूपमा छ । फोनफाइडर सन् २०१० मा ५० हजार अमेरिकी डलर साधारण शेयर खरीद गरेर उक्त कम्पनीमा भित्रिएको थियो ।

शर्मालाई उक्त कम्पनीमा लगानी गर्न आवश्यक नेपाली पासपोर्ट लगायतका कागजात प्रमाणीकरण गर्ने काम सन् २०१९, अप्रिलमा साइप्रसस्थित सोटिरिओस् पिट्टास एण्ड को एलएलसी नामक ल फर्मले गरेको भेटिएको छ । थप विवरण खोज्दै जाँदा यो ल फर्मका प्रबन्ध निर्देशक सोटिरिओस् पिट्टास रहेको भेटियो ।

प्यान्डोरा पेपर्समा भएका कागजातहरूले साइप्रसका नागरिक पिट्टास एडीली कन्सल्ट्यान्ट लिमिटेड कम्पनीका निर्देशक तथा मुख्य लगानीकर्ता रहेको खुलासा गरेको छ । आईसीआईजेले यसअघि सार्वजनिक गरेको ‘अफशोर लिक्स’मा सोटिरिओसले ब्रिटिश भर्जिन आइल्याण्ड र साइप्रसमा थप कम्पनीहरू खोलेको भेटिएको थियो । यसले साइप्रसका वकिल तथा एडीली कन्सल्ट्यान्ट लिमिटेडका निर्देशक पिट्टाससँगको साझेदारीमा शर्माले डेलोर भेन्चर्स कम्पनी सञ्चालन गरेको देखाउँछ ।

अफशोर लगानीमा संलग्न सुमार्गी र शर्मालाई टेलिफोन गर्दा उनीहरू सम्पर्कमा आएनन् । उनीहरूलाई पठाइएको सन्देशको पनि कुनै प्रतिक्रिया आएन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!