बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालको बिजुली किन्न भारतको बेवास्ता, दैनिक ७ करोडको बिजुली खेर

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज १८, २०७८ १३;१२ मध्यान्ह प्रकाशित
दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

१७ असोज, काठमाडौं । अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न सकेको छैन । यसबाट प्राधिकरणले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दानी गुमाइरहेको छ ।

देशभित्र खपत हुन नसकेको बिजुली निर्यात गर्ने योजनाअनुसार ६ महिनाअघि नेपालले गरेको प्रस्तावमा भारत अझै अनिर्णित छ । नेपाल भारतमा प्रतिस्पर्धी मोलमा खरिद–बिक्री हुने ‘ऊर्जा एक्सचेन्ज बजार’को सदस्य भने भइसकेको छ ।

त्यहाँको बजारबाट किनेर नेपालमा आयातका लागि अनुमति दिएको भारतले नेपालबाट सोही बजारमार्फत निर्यातका लागि भने अनुमति रोकेर राखिदिएको छ । रातारात देशभित्रै बिजुली खपत बढाउन नसकिने भएकाले तत्काल नेपाललाई भारतको बजारको विकल्प पनि छैन ।

वर्षायामको विद्युत भारतीय बजारमा बिक्रीको लागि नेपालले राखेको प्रस्ताव स्वीकृत गराउने राजनीतिक, प्रशासनिक र कूटनीतिक प्रयास अहिलेसम्म सफल हुन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीहरु भारतले २०७१ कात्तिकमा भएको विद्युत व्यापार सम्झौता (पीटीए) अनुसारको व्यवहार नगरेको बताउँछन् ।

दुई मुलुकबीचको पीटीएको धारा २ (ख) मा ‘पक्षहरुले साझा विद्युत बजारमा सबै आधिकारिक/अनुमतिपत्र प्राप्त सहभागीहरुलाई सीमापार प्रसारण लाइन संयोजनमा विभेदरहित पहुँच प्रदान गर्ने’ भनिएको छ । भारतले यही सम्झौताअनुरुप नेपाललाई आफ्नो बिजुली बेचिरहेको छ, तर नेपालको बिजुली किन्न भने आनाकानी गर्दै आएको छ ।

नेपालको बिजुली बेच्ने प्रस्ताव प्रस्ताव भने भारतीय ऊर्जा मन्त्रालयमा थन्किएको छ । भारतले अनुमति दिन ढिलाइ गर्दा नेपालको ऊर्जा बजार भने दुर्दशातिर धकेलिएको छ ।

ऊर्जा मन्त्रालयका एक अधिकारी भारतले छिमेकी मुलुकसँगको विद्युत व्यापारलाई राजनीतिक र रणनीतिक तवरबाट हेर्दा समस्या भएको बताउँछन् । ठूलो विद्युत बजार रहेको भारतलाई नेपालको केही सय मेगावाट बिजुली लिनु सामान्य विषय भएपनि रणनीतिक वस्तुको व्यवहार गरिरहेको उनको भनाइ छ ।

अहिले विद्युत उत्पादनमा कोइला अभाव हुँदा भारतीय विद्युत एक्सचेन्ज बजारमा बिजुलीको मूल्य आकाशिएको छ । पिक आवरमा विद्युतको मूल्य औसतमा प्रतियुनिट ९–२० भारु (१४.४–३२ नेरु) सम्म पुगेको छ ।

नेपालबाट योभन्दा सस्तोमा विद्युत पाउने सम्भावना हुँदाहुँदै पनि भारतले अनुमति नदिई बस्नु आश्चर्यजनक रहेको अधिकारीहरु बताउँछन् । भारतले अन्तर्राष्ट्रिय वातावरणीय मञ्चहरुमा सन् २०३० सम्ममा आफ्नो प्रणालीमा रहेका थर्मल प्लान्टको हिस्सा घटाउँदै जलविद्युत, सौर्यजस्ता नवीकरणीय ऊर्जा (ग्रिन इनर्जी) बढाएर ४० प्रतिशत पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

नेपालमा उत्पादित ‘ग्रीन इनर्जी’ सस्तोमा पाउने सम्भावना हुँदाहुँदै पनि लैजान हिच्किचाउनुले भारत बिजुली किन्ने विषयलाई रणनीतिक ‘डिल’को विषय बनाउन खाजेको आशंका नेपाली अधिकारीहरुलाई छ ।

ऊर्जा मन्त्रालयका अनुसार भदौ र असोजमा गरी झण्डै दुई अर्ब रुपैयाँ बराबरको विद्युत खपत गर्न नसकी खेर गइसकेको छ । भारतले विद्युत व्यापार सहमति नदिए मंसिरसम्म अर्को २ अर्बकोे विद्युत खेर जाने देखिएको छ ।

‘भारतको अन्तरदेशीय विद्युत व्यापार सम्बन्धी निर्देशिकाको व्यवस्था बमोजिम विद्युतको स्रोत (माथिल्लो तामाकोशी) खुलाएर प्रस्ताव पठाएकोमा हुन्छ, हुन्छ भन्ने बनावटी जवाफ मात्र पाइरहेका छौं,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।

नेपाली जनताको लगानीको आयोजनाको बिजुली खेर गइरहँदा भारतले लामो समयदेखिको ऊर्जा सम्बन्धमा समेत असर पर्ने व्यवहार देखाएको विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन् । अहिले ४५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य स्वदेशी निजी जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत खेर गइरहेको छ ।

प्राधिकरणले गत चैतमा माथिल्लो तामाकोशी र भोटेकोशी जलविद्युत आयोजनाको बिजुली भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रतिस्पर्धी दरमा दैनिक विद्युत खरिद–बिक्रीका लागि अनुमति माग्दै प्रस्ताव पठाएको थियो ।

भारतले आफ्नो मुलुकमा उत्पादित विद्युत सो बजारबाट नेपालले किन्न सक्ने अनुमति तत्कालै दिएपछि प्राधिकरणले हिउँदको आन्तरिक माग धान्न गत वैशाखबाट प्रतिस्पर्धी दरमा २०० देखि २५० मेगावाटसम्म विद्युत सोझै खरिद गरेको थियो ।

नेपालको बिजुली बेच्ने प्रस्ताव प्रस्ताव भने भारतीय ऊर्जा मन्त्रालयमा थन्किएको छ । भारतले अनुमति दिन ढिलाइ गर्दा नेपालको ऊर्जा बजार भने दुर्दशातिर धकेलिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्य १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको नेपाल सरकारले त्यसअनुसार खपत बढाउने, पूर्वाधार बनाउने र अन्तर्राष्ट्रिय बजार खोज्ने काम समयमै नगर्दा यो अवस्था आएको बताउँछन् । उनी अहिलेको अवस्थालाई ‘बिजुली खेर गएको’ भन्ने मान्न पनि तयार छैनन् ।

‘हामीले सम्भावना हुँदाहुँदै उपभोग गर्न नसकेका हौं, नेपालको पानी जनताको लगानी भनेर हिँडेको सरकारले बेलैमा खपतको नीति नल्याउँदा यो अवस्था आयो,’ उनले भने, ‘समयमै छिमेकी मुलुकसँग प्रधानमन्त्री तहबाटै कुरा गरेर भएपनि बजार सुनिश्चित गर्न सकेको भए अहिले रुवाबासी गर्न पर्दैनथ्यो ।’

भारतलाई पनि बिजुली चाहिएको र नेपाललाई बेच्न परेकाले दुवैतर्फका सरकारले जिम्मेवारीपूर्वक छलफल गरेर बाटो खुलाउनुपर्ने आचार्य बताउँछन् ।
भारतले नेपालको बिजुली रोक्दा दुई देशबीच विद्युत कारोबारका लागि बनेका प्रसारण लाइन उसैको मात्र हितमा प्रयोग हुने अवस्था छ । नेपालले बिजुली बेच्नुपर्ने भएकाले १४० किलोमिटर ढल्केबर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन व्यापारिक मोडमा निर्माण गरिएको छ ।
तयारी अवस्थामा प्राधिकरण

भदौ र असोजमा माथिल्लो तामाकोशी र प्राधिकरणका विभिन्न आयोजनाबाट करिब २० करोड युनिट विद्युत खेर फाल्नु परेको छ । प्राधिकरणको औसत उपभोक्ता महसुल प्रतियुनिट १० रुपैयाँले हिसाब गर्दा २ अर्ब अर्थात् दैनिक औसत ७ करोड रुपैयाँको विद्युत खेर गइरहेको तथ्याङ्कमा देखिन्छ ।

गर्मी सकिएको तर जाडो शुरु नभएको अवस्थामा कम खपत भएर खेर जाने विद्युतको परिमाण अझै बढ्ने अवस्था छ । दशैं तिहारजस्ता ठूला चाडबाडमा उद्योग कलकारखाना बन्द हुने भएकाले बिजुली खोलामा फाल्नुपर्ने अवस्था आउँछ ।

गत भदौ अन्तिम साता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले नयाँदिल्ली गएर भारतको ऊर्जा मन्त्रालय, केन्द्रीय विद्युत प्राधिकरण लगायत निकायका अधिकारीहरुसँग नेपालको प्रस्ताव छिटो स्वीकृत गरिदिन आग्रह गरेको थियो । त्यसको नतिजा निस्कन सकेको छैन ।

भारतले अनुमति दिनासाथ बिजुली निर्यात गर्न प्राधिकरण तयार अवस्थामा छ । प्राधिकरणले भारत सरकारले छिमेकीसँगको विद्युत व्यापारका लागि तोकेको सम्पर्क निकाय (नोडल एजेन्सी) एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन)सँग एक्सचेन्ज बजारमा विद्युत खरिद–बिक्रीका लागि ‘डे अहेड पावर ट्रेडिङ सम्बन्धी सम्झौता’ गरिसकेको छ ।

यो अवस्थामा भारतले छिट्टै स्वीकृति दिनेमा आशावादी रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् । ‘भारतीय अधिकारीहरुसँग हाम्रो ऊर्जा मन्त्रालय र प्राधिकरण तहबाट निरन्तर छलफल भइरहेको छ,’ उनले भने, ‘हामीले स्वीकृतिको प्रक्रियामा रहेको जानकारी पाएका छौं ।’अन्तरदेशीय लाइनको लाभ भारतलाई मात्रै

भारतले नेपालको बिजुली रोक्दा दुई देशबीच विद्युत कारोबारका लागि बनेका प्रसारण लाइन उसैको मात्र हितमा प्रयोग हुने अवस्था छ । नेपालले बिजुली बेच्नुपर्ने भएकाले १४० किलोमिटर ढल्केबर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन व्यापारिक मोडमा निर्माण गरिएको छ ।

नेपालले गरेको सरकार–सरकार निर्माण प्रस्ताव भारतले नमानेपछि यो अन्तरदेशीय प्रसारण लाइन बनाउन कम्पनीहरु खोलिएका छन् । प्रसारण लाइनको नेपालतर्फको ४० किलोमिटर लाइनको विकास, निर्माण र सञ्चालनका लागि ‘पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) स्थापना गरिएको छ ।

पीटीसीएनमा प्राधिकरणको ५० प्रतिशत, पावर ग्रिड भारतको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टभेन्ट एण्ड डेभलेप्मेन्ट कम्पनीको १४ प्रतिशत र आइएल एन्ड एफएस इनर्जी भारतको १० प्रतिशत सेयर स्वामित्व छ ।

भारततर्फको १०० किलोमिटर प्रसारण लाइन विकास, निर्माण र सञ्चालनका लागि ‘क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड’ स्थापना गरिएको छ । कम्पनीमा पावर ग्रिड भारतको २६ प्रतिशत, सतलज जलविद्युत् निगमको २६ प्रतिशत, आईएल एन्ड एफएसको ३८ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर स्वामित्व छ ।

नेपालले प्रसारण लाइनलाई लगानीयोग्य बनाउन पावर टे«ड कम्पनी (पीटीसी इन्डिया)सँग २५ वर्षसम्म १५० मेगावाट विद्युत आयातको पीपीए गरेको छ । प्रसारण लाइनको वार्षिक शुल्क १ अर्ब ९ करोड रुपैयाँ तोकिएको छ । यो लाइनबाट विद्युत प्रवाह नभएपनि शुल्क तिर्नैपर्ने प्रावधान रहेकाले प्राधिकरणले तिरिरहेको छ ।

नेपालले बुटबल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि सरकार–सरकार तहबाट निर्माण गर्न चाहेको थियो । तर, त्यसमा भारत असहमत भएर कम्पनी मोडलमा निर्माण गरिंदैछ ।भारतले नेपालबाट विद्युत नलैजाने हो भने यस्ता अन्तरदेशीय प्रसारण लाइन र त्यसमा गरिएको लगानीको लाभ भारतले मात्रै पाउने अवस्था बन्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!