फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ। योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एकवटा आइफोन जित्न सक्नेछन्। सोमबारदेखि ८० दिनसम्म उक्त योजना सञ्चालन हुने भएको छ।
यस्तै बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले कार उपहार पाउनेछन्। फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ। फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर १० रुपैयाँमै सहज रुपमा रकम पठाउन सकिन्छ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-