१६ कात्तिक, काठमाडौं । भुक्तानी सेवा प्रदायकको संस्था जीएमई पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले जीएमई पेको लाइसेन्स मंगलबार खारेज गर्ने निर्णय गरेको हो ।
जीएमईले २०७७ असोज २२ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति पत्र पाएको थियो । कम्पनीले कारोबार शुरु गर्न नसकेकाले भुक्तानी तथा फर्स्यौट विनियमाली अनुसार लाइसेन्स खारेज गरिएको राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीले जानकारी दिए ।
विनियमावली अनुसार सञ्चालन अनुमति पाएको ६ महिनाभित्र भुक्तानी सेवा प्रदायक कम्पनीले सेवा प्रारम्भ गर्नुपर्ने नियम छ । तोकिएको समयमा जिएमईले सेवा शुरु गर्न सकेन । ६ महिनापछि पनि ३ महिना पुनः थप गर्दा समेत सेवा शुरु नगरेकाले लाइसेन्स नै खारेज गर्ने निर्णय गरिएको निर्देशक अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-