बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जावलाखेलमा ‘कुकर कफी’ !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
मंसिर १३, २०७८ २०;०१ मध्यान्ह प्रकाशित
जावलाखेलमा ‘कुकर कफी’ !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कफीको परम्परागत सूचीमा नअटाएको एउटा विशुद्ध नेपालीपनको कफी, ‘कुकर कफी’ । कुकर कफी चाख्नुभएको छैन भने ललितपुरको जावलाखेलमा गएर यसको स्वाद लिन सक्नुहुन्छ ।

जावलाखेल चोकबाट पश्चिमतर्फ केही अघि बढेपछि झण्डै तीन सय मिटरको दुरीमा कफी पारखीको अनौठो भिड देखिन्छ । सेन्ट जेभियर्स स्कुल र चिडियाखानाको पर्खालबीचको सडक पेटीमा मार्बल राखिएको एउटा टेबलमाथि कुकरको अनौठो सिट्ठी सुसाइरहेको सुनिन्छ । यही सुसाइरहेको कुकरमा कफी बनाइरहेको अवस्थामा भेटिनुहुन्छ आरएन अधिकारी र अनिश पौडेल ।

पहिले उहाँहरु सिनामंगलको होटलमा सँगै काम गर्नुहुन्थ्यो । काम गर्ने सिलसिलमा आफ्नै काम गरौँ भनेर दुई जनाबीच छलफल भएर सुरु भएको हो कुकर कफी । उहाँहरुले यहाँ कुकर कफी सुरु गरेको दुई हप्ता मात्रै भयो । तर, पनि ग्राहकको राम्रै भिड छ ।

चिडियाखानाको पर्खालसँगै जोडिएको सडक पेटीमा एउटा सानो मन्दिर छ । त्यहाँ पिपलको रुख पनि छ । पिपलको रुखलाई गोलो घेरा बनाएर प्लास्टर गरिएको छ । त्यही प्लास्टरमाथि ग्राहक बस्ने मकैको खोस्टाको झण्डै आठ/नौ वटा गोलो चकटी छ । त्यही चकटीमा बसेर ग्राहकहरु कफी पिइरहेका देखिन्छन् । चकटीमा बस्न नरुचाउनेका लागि मुढा पनि छ ।

कुकर कफीका लागि पहिले प्रेसर कुकरमा पानी राखेर पकाइन्छ । कुकर कफीका लागि प्रेसर कुकरलाई रुपान्तरण गरी कफी बनाउन सानो पाइप जडान गरिएको छ । त्यस पाइपबाट बाफ आउँछ, बाफ घटबढ गर्ने सानो ह्यान्डल पनि छ ।

पाइपलाई चिनी, कफी र दूध रहेको अर्को स्टिलको जगमा राखेर डुबाइन्छ जसले गर्दा दूध तात्ने र फिँज आउने गर्छ । अनि फिँजसहित तयार कफी कपमा राखिन्छ । तयार भएको कफीको फिँजमा धुलो छर्कँदै अधिकारीले भन्नुभयो, ‘यो चकलेटको धुलो हो । फिँज मात्रै नमिठो हुने हुँदा चकलेटको धुलो हालिएको हो ।’

ठूलो काठको टेबल । टेबलमाथि कालो, सेतो मिसिएको मार्बल अनि त्यस मार्बलमाथि ग्यास स्टोभ, स्टोभमा सुसाइरहेको प्रेसर कुकर । अनि नेसक्याफेको ठूलो प्याकेट, चकलेट पाउडरको बट्टा, चिनी राख्ने बट्टा तथा कागजका कफी कप र कफी राख्ने सानो एउटा किस्ती । सँगै एक बाल्टिन दूधको प्याकेट पनि । सामान्यतः हेर्दा यस्तै देखिन्छ उहाँहरुको लगानी ।

‘ठ्याक्कै यति भन्ने त छैन तर, ७०/८० हजार रुपैयाँ जति लगानी भएको होला’, दूधको प्याकेट च्यात्दै अधिकारीले उत्तर फर्काउनुभयो ।

कफी भन्नेबित्तिकै हाम्रो दिमागमा एस्प्रेसो, क्यापिचिनो, लाटे, मोचा, अमेरिकानो आदि आउँछन् । ‘कफीको परम्परागत स्वादभन्दा फरक स्वादको छ कुकर कफी’, कफी पिउँदै भक्तपुर जगातीका राधेश्याम जोन्छेले भन्नुभयो, ‘यो नेपाली स्वादको छ र ताजापन महसुस हुन्छ ।’

कुकर कफी बनाउनका लागि अधिकारीले एक हप्ता बुटवलमा काम पनि गर्नुभयो । बुटवलका कुकर कफी एकदमै लोकप्रिय छन् । काठमाण्डौको बागबजार, सिनामंगल लगायतका ठाउँमा पनि कुकर कफी खुलेको छ । तर, ललितपुरमा भने आफूले थाहा पाएसम्म यो नै पहिलो भएको पनि अधिकारीले बताउनुभयो ।

दैनिक एक सय २० देखि एक सय ५० कपसम्म कुकर कफी बिक्री हुने गरेको अधिकारी बताउनुहुन्छ । ‘दैनिक झण्डै पाँच, छ हजार रुपैयाँको कारोबार हुन्छ । टिकटक र फेसबुकमा देखेर पनि धेरै खोज्दै आउने गरेका छन्’, अधिकारीले भन्नुभयो’, एक कप कफीको पचास रुपैयाँ लिने गरेका छौँ’ ।

कफी खान आउनेले मिठो छ, राम्रो छ भनेर भन्दा हौसला मिलेको अधिकारी बताउनुहुन्छ । अहिले बसेको ठाउँ सफा र अलि एकान्त जस्तो भएका कारण पनि रोजाइमा परेको रहेछ अधिकारीको ।

पहिले यहाँ बस्दा किन, कहाँबाट भनेर नगरपालिका तथा प्रहरीले सोधपुछ गरे पनि सफा सुग्घर राख्छौँ भनेपछि सहमत भएको अधिकारीले बताउनुभयो ।

दैनिक पचास प्याकेट दूध, आठ सय रुपैयाँ बराबरको कफी खपत हुने र बट्टाको पाँच सय रुपैयाँ पर्ने एक बट्टा चकलेट पाउडरले तीन दिन पुग्ने उहाँले सुनाउनुभयो ।

‘अहिले पासपोर्ट बनाएर मलेसिया र कतार जान दलाललाई पैसा बुझाउन युवाहरु लाइन लागेको देख्दा नेपालमा नै केही नयाँ गरौँ र यहाँ नै कमाइ राम्रो छ भनेर हामी यसमा लागेका हाैँ’, अधिकारी र पौडेलको एउटै स्वर थियो । कुनै पनि कुरा नयाँ तरिकाले गर्दा त्यसबाट राम्रो कमाइ हुने र सफल पनि भइने अधिकारीको अनुभव छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!