लेमन–लाइम पेय पदार्थ स्प्राइट किनेका चार जनाले बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल पाएका छन् । ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट,मोबाइल र स्प्राइटको साथ’ शीर्षक क्याम्पेनअन्तर्गत स्प्राइटले चार जना विजेतालाई मोटरसाइकल उपलब्ध गराएको हो ।
बोट्लर्स नेपालका च्यानलमार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । विराटनगर,चितवन र हेटौँडाका विजेताहरूलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने बोटलर्स नेपालले जानकारी दिएको छ ।
यस्तै,यो अभियानअन्तर्गत पाँचजना विजेताहरूलाई ४३ इञ्चको सामसङ टेलिभिजन र २६३ विजेताहरूलाई सामसङ मोबाइल प्रदान गरिएको छ । पर्सा,वीरगन्ज,धरान र ताप्लेजुङ लगायत देशभरबाट उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरूबाट विजेताहरू छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।
बजाज पल्सर विजेता सौगात पुलामीले आफूले पहिलोपटक मोटरसाइकल पाएको भन्दै स्प्राइट नेपाललाई धन्यवाद दिए । यो अभियान सेप्टेम्बर १५ देखि नोभेम्बर ४ सम्म सन्चालन भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-